Close This

साफ च्याम्पियनसिपपछि नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् ।बुधबार बंगलादेशविरुद्धको खेलपछिको प्रेस कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताएका हुन् ।

उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् ।अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ ।

बुधबार नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१ को बराबरीमा रोकेको हो ।