Close This

मुटु र मधुमेह रोगीले रातो मासु खानु अघि के गर्ने ?

बुधबार असोज २७, २०७८/ Wednesday 10-13-21
Paschim Today

दशैंमा प्राय घरमा मासुको बिभिन्न परिकार खाने गरीन्छ । तर यि परिकारको सेवनले स्वास्थ्यमा गम्भीर संकट पनि निम्त्याउन सक्छ भन्ने बारे सबै सचेत रहन आवश्यक छ ।

दशैंमा कुनै पनि मासु सिमित खानु पर्दछ । रातो मासु (खसी, रांँगाको मासु) र बढी बोसो हुने मासु (बगुर र बँदेलको मासु) सकभर बढि मात्रामा खानु हुदैँन । साथै मासुसंगै मादक पदार्थ बढी पिउदाँ हृदयघात, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गौलामा समस्या थपिने हुन सक्छ त्यसैले यसबारे सचेत रहनु पर्दछ ।

चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले अनिवार्य आफ्नो स्वास्थ्य परिक्षण गर्नु पर्दछ । अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सी बढी सेवनले दशैं चाड नभएर दशा बन्न सक्छ, त्यसैले यसबारे सचेत हुनु पर्दछ ।

उच्च रक्तचाप र मुटुरोगीले दशैंँमा बढी रातो मासु र मदिरा खानु हुदैँन । यसका साथै दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानु पर्दछ । अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्दा उच्च रक्तचाप र मुटुरोग बढ्न सक्छ ।