Close This

सुनसान बन्दै धनगढी बजार  (फोटो फिचर)

बिहीबार असोज २८, २०७८/ Thursday 10-14-21
Paschim Today

धनगढी,२८ असोज ।दसैंको घटस्थापना देखि निकै चहलपहल बढेको धनगढी बजार क्षेत्रमा आज महानवमीका दिन निकै चहल पहल घटेको छ । बजार क्षेत्रमा सामान खरिद गर्ने र ओहोर दोहरो गर्नेहरूको निकै भिड भए पनि आज भने त्यो भिड निकै कम भएको पाइएको छ ।

विभिन्न ठाउँबाट व्यापार व्यवसायी गर्न धनगढी पुगेकाहरू दसैंको टीका लगाउन आ-आफ्नो घरमा गएपछि धनगढी बजार सुनसान बनेको हो । यहाँका धेरै जसो पसल,बैंकहरू पनि बन्द भएका छन् । धनगढी बजारमा गुड्ने गाडीहरू पनि पातलिएका छन् ।

नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको साईत भोलि बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ ।शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ ।