Close This

देशभर पछिल्लो २४ घण्टामा २७२ जनामा कोरोना पुष्टि

शुक्रबार असोज २९, २०७८/ Friday 10-15-21
Paschim Today

काठमाडौँ,२९ असोज । देशभर पछिल्लो २४ घण्टामा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय १२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ९२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ४० जना र २ हजार ६ सय २० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ९७ हजार ८६१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७७७ जना कोरोनामुक्त भए, ८ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ७७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७९ हजार ९ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय १२ जनाको परीक्षण हुँदा हालसम्म कुल ४९ लाख ४२ हजार २३४ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ ।