अफगानिस्तानमा आत्मघाती बम विस्फोट, मृत्यु हुनेको संख्या ४० पुग्यो

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

अफगानिस्तानको एक मस्जिदमा प्रार्थना गरिरहेको बेला बम विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ । शुक्रवार भएको आक्रमणमा ७० भन्दा बढी घाइते भएका छन्।

कन्दहारको बीबी फातिमा मस्जिदमा धेरै संख्यामा शिया मुस्लिमहरुको उपस्थिति रहेको बेला आक्रमण गराइएको हो।

आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट९आइएस०ले लिए छ। आइएसले मस्जिदको भवनमा प्रवेश गर्नुअघि सुरक्षाकर्मीलाई मारेको र भवनमा पसेर आफ्ना लडाकुले विस्फोट गराएको जनाएको छ।

विस्फोटपछि तालिवानको विशेष सुरक्षा फौजले अवस्था नियन्त्रणमा लिएको थियो। उनीहरुले घाइतेका लागि रगतदान गर्न आह्वान गरेका थिए।

आइएसको यो क्षेत्रीय समूहले तालिवान शासनको विरोध गर्दै आएको छ। उक्त समूहले यसअघि पनि अफगानिस्तानमा आत्मघाती आक्रमण गराउँदै आएको छ।