Close This

युट्युवको ट्रेन्डिङ्ग १ मा ‘ओ मेरी भाउजु’

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

धनगढी,३० असोज । गायक तथा मोडेल चक्र बम र चर्चित गायिका तथा मोडल लक्ष्मी आर्चायको नयाँ गीत ‘ओ मेरी भाउजु’ युट्युवको एक नम्बरमा ट्रेन्डिङ्गमा पुगेको छ ।  एक हप्तामै गीतको म्युजिक भिडियो युट्युवको एक नम्बरमा ट्रेन्डिङ्गमा पुगेको हो ।

चक्र बम र चर्चित गायिका तथा मोडल लक्ष्मी आचार्यको स्वरमा रहेको नयाँ गीत ‘ओ मेरी भाउजु’ गित गायक चक्र बमको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । अहिलेसम्म ५ लाख ६५ हजार बढी दर्शकले हेरिसकेका छन् ।

गीतमा सुदूरपश्चिमको डोटेली शब्दमा रहेको छ । यसअघि गायक चक्र बम र गायिका लक्ष्मी आचार्यले देउडा प्युजनमा ‘भन साली’ ल्याएका थिए । उक्त गीत सालिसङ्गको रमाइलो कुरा दर्शाएका थिए भने यस गितमा साली भिनाजुको प्रेम प्रसङ्ग,देवर भाउजूको ठट्यौली रहेको छ ।

म्युजिकमा चक्र बमकै सङ्गीत र शब्द रहेको छ। एरेन्ज कृष्ण बिक,मिक्सिङ श्यामस्वत रसाइलीले गरेका छन् । म्युजिकको निर्देशन मौसमी हिमाली र सम्पादक प्रविन भट्टले गरेका छन् । म्युजिक भिडियोमा लोकप्रिय अभिनेत्री करिस्मा मानन्धर,चक्र बम,करिस्मा ढकाल र जेरी भण्डारीले अभिनय गरेका छन् ।