Close This

आजदेखि देशभरको मौसममा बद्ली हुने, ठुलो वर्षाको सम्भावना

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

काठमाडौं,३० असोज। जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा बद्ली हुने जनाएको छ। शुक्रबार (हिजो) विशेष बुलेटिन निकालेर महाशाखाले अहिले देशभर मौसम सफा रहेपनि आजदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ ।आज प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने र अन्य भू-भागमा आंशिक बदली हुनेछ ।  प्रदेश नम्बर १, प्रदेश नम्बर २, वाग्मति प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आज नेपालमा आंशिकदेखि सामान्य बदली हुने भएको हो ।

आजदेखि भने केही दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने महाशाखाले जनाएको छ । सँगै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित ठुलो वर्षाको समेत सम्भावना रहेको छ ।महाशाखाले विशषेगरेर यात्रा तथा कृषि कार्य गर्दा सजक रहन आग्रह गरेको छ ।