Close This

नेकपा (एस) सुदूरपश्चिमको अध्यक्षमा शाही

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

धनगढी,३० असोज । नेकपा (एकीकृत समजवादी) सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीलाई दिईएको छ ।पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी शाहीलाई दिएको सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले जानकारी दिइन्। उनका अनुसार रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।

यस्तै प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको शाहले जानकारी दिइन्। उनका अनुसार कैलालीमा दीर्घ सोडारी , कञ्चनपुरमा लालबहादुर खड्का दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्टलाई इञ्चार्ज तोकिएको छ।

यस्तै डोटीमा हर्कबहादुर सिंह, बझाङमा दिलबहादुर सिंह, अछाममा शेरबहादुर कुँवर र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।