भारतविरुद्धको फाइनलमा नेपाली टिममा तीन परिवर्तन

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत भारतविरुद्धको फाइनलमा नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ।

अहिले ८:४५ बजे हुने खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरिएको छ। अघिल्लो खेलमा पहिलो रोजाइमा परेका आयुष घलान र अन्जन विष्ट सुरुवाती ११ मा छैनन्। यस्तै मिडफिल्डर विशाल राई सब्सिच्युटमा छन्।

अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएका भारतविरुद्धको खेल गुमाएका हुन्। टिममा डिफेन्डर सुमन अर्याल र फवार्ड सुमन लामा समावेश छन्। मिडफिल्डर पुजन उपरकोटी टिममा फर्किएका छन्।

नेपालकी टिमको गोलकिपरमा कप्तान किरणकुमार लिम्बु छन्। डिफेन्डरमा गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र सुमन अर्याल छन्। मिडफिल्डरमा रोहित चन्द, पुजन उपरकोटी र तेज तामाङ छन्। फरवार्डमा सुमन लामा, सुजल श्रेष्ठ र नवयुग श्रेष्ठ छन्। प्रशिक्षकमा किरण श्रेष्ठ छन्।