गोलरहित बराबरीमा सकियो पहिलो हाफ

शनिबार असोज ३०, २०७८/ Saturday 10-16-21
Paschim Today

नेपाल र भारतबीच साफ च्याम्पियनसिपको फाइनल खेल यतिबेला जारी रहेको छ । माल्दिभ्सको राष्ट्रिय फुटबल रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदासम्म स्कोर गोलरहित बराबरीमा रहेको छ ।

आजको खेलमा वर्षाका कारण दुवै टोलीले खुलेर खेल्न सकिरहेका छैनन् । बलमा अधिकांश समय भारतले नियन्त्रण बनाइरहे पनि दुवै टोली गोलका अवसर सिर्जना गर्नबाट भने चुकिरहेका छन् ।

पहिलो हाफमा नेपालका लागि नवयुग श्रेष्ठ र भारतका लागि कप्तान सुनिल क्षेत्रीले गोलका अवसर गुमाए । नेपालका गोलकिपर किरण चेम्जोङले राम्रो प्रदर्शन गरिरहेका छन् ।