कविता : पिपल बोटतिर

शुक्रबार कार्तिक ५, २०७८/ Friday 10-22-21
Paschim Today

अनेकन चर्चा चल्ने गर्छन
पिपल बोटतिर
केही दिन अघि मात्रै
जय जयकार थियो
उत्सव मनाइदै थियो
सायद यस्तै हुने गर्छ यहाँ
उइले चौतरिया फेरिदा
उइलै भारदार फेरिदा
उइलै काजी फेरिदा
त्यसै महाराज फेरिदा
सत्ता फेरिदा
गुणको बखान हुने गथ्र्यो
प्रसंसाको ओइरो
ब्यक्तिगत आनि बानी को बखान
कुल खानदानको चर्चा
बोली ब्यबहारको वर्णन
बिद्वता,तर्क क्षमताको परिचर्चा हन्थ्यो
त्यही भइरहेछ पनि
महिना कटेको हुदैन तिनैको
कुरा काटेको सुनिन्छ
नानाथरी कुरा चल्छन
ब्यहारमा प्रश्न उठाइन्छ
चरित्रको गम्भीर कुरा हुन्छ
एकहुल भत्सर्ना गर्दै हिडछन
मसिनु स्वरमा गाइगुइ चल्छ
हो र ,होइन होला,नहुनु पर्ने ,हो रैछ
होला पनि
जति जोगि आए कानै चिरेका
एक कान दुई कान हुँदै
पिपल बोटतिर
निकै हल्लिखल्ली मच्चिन्छ
बिरोध जुलुस प्रदर्शन हुन्छ
मुर्दावादको नारा लाग्छ
कोणसभामा चर्को भाषण चल्छ
यतै तिरको हल्ला धेरैको सरोकार बन्छ
बिरोधको आवाज देश भर फैलिन्छ
देश छोड सम्म पुग्छ
राम्रै कामको अपब्याख्या हुन्छ
बिरोधका लागि बिरोध हुन्छ
हुन त यहाँ न्याय छुट्याइने त होइन
तर निर्णायक भने हुन्छ
पिपल बोटतिरको चर्चा
यतै तिरको चर्चाले नया सडक बनायो
यतैतिर हुने चर्चाले राजाको शालिक ढाल्यो
शालिक मात्र ढलेन संस्था नै ढल्यो
धेरै चर्चा हुने गर्छन
पिपलको बोटतिर

कैलासकुमार पाण्डेय
परशुराम  १२ डडेल्धुरा