Close This

‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक

मंगलबार कार्तिक ९, २०७८/ Tuesday 10-26-21
Paschim Today

आगामी पौष ९ गतेबाट रिलिज हुने फिल्म ‘चुरिफुरी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर, ऋषिराज आचार्य र दीपक शर्माको शब्द तथा दीपक शर्माकै संगीत छ ।

गीतमा अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिवजंग बस्नेत, रवीन्द्र झा, शिशिर भण्डारी, सुबोध गौतम, दीपक आचार्य, सुरवीर पण्डित, सोना बज्राचार्य लगायतको अभिनय छ ।

फिल्ममा ऋषिराज आचार्यको कथा, पटकथा तथा निर्देशन छ । ऋषि र रिना ढकालको लगानी रहेको फिल्ममा नविन निरौलाको सम्पादन, राहुल राइको छायांकन, भीमफेदी ग्रुपको कोरियोग्राफी छ ।