Close This

हिमाल आरोहणका क्रममा बेपत्ता तीन फ्रान्सेलीको शव भेटियाे

सोमबार कार्तिक २२, २०७८/ Monday 11-08-21
Paschim Today

काठमाडौँ,२२ कात्तिक । सोलुखुम्बुको खुम्बु क्षेत्रको हिमाल आरोहणका क्रममा बेपत्ता भएका तीन जना फ्रान्सेली नागरिकको शव फेला परेको छ।सोमबार तालिमप्राप्त फ्रान्सेली नागरिकको टोलीले शव फेला पारेको पर्यटक प्रहरी  प्रमुख  प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले जानकारी दिए।

नेशनल नेपाल माउन्टेन गाइडको टोलीले शव फेला पारेपनि उद्धार भने गर्न सकेका थिएनन्। नेशनल नेपाल माउन्टेन गाइडको टोलीले माउन्ट खाङतेका हिमालमै हिउँको खोंचमा थोमस, गाब्रियल र लुइस नाम गरेका फ्रान्सेली नागरिकको शव फेला पारेका थिए।

उद्धार गरीएको शव अहिले लुक्लामा राखिएको छ।  ती शव पोस्टमार्टमका लागि काठमाडौ ल्याउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिए। हिमाल आरोहणका लागि गएका तीन जना फ्रान्सेली नागरिक ९ कात्तिकदेखि नै बेपत्ता थिए।