Close This

कैलालीमा नक्कली नोट सहित दुई जना प्रकाउ

शुक्रबार कार्तिक २६, २०७८/ Friday 11-12-21
Paschim Today

कैलाली,२६ कात्तिक । कैलालीमा नक्कली नोट सहित दुई जना प्रकाउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका २ बौनिया गाँउबाट १ हजार दरको ४० थान नक्कली नोट सहित दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३१ वर्षीय मोतिराम चौधरी र ४१ वर्षीय हुन चौधरी रहेका छन् । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।