कैलारीको ७ नम्बर वडालाई साक्षर घोषणा
सोमबार मङ्सिर ६, २०७८/ Monday 11-22-21
Paschim Today
हसुलिया, ६ मंसिर । कैलालीको कैलारी गाउँपालिकास्थित ७ नम्बर वडालाई साक्षर वडा घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम गरी वडालाई साक्षर घोषणा गरिएको हो ।
वडामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत व्यक्ति साक्षर भएपछि साक्षर वडा घोषणा गरेको वडा अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए । वडा अध्यक्ष चौधरीकै अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख गणेश मिश्र, वडा सदस्य, विभिन्न गाउँका भलमन्सा, शिक्षक, महिला स्वास्थ्य स्वयम् सेविकाको उपस्थिति रहेको थियो । यो वडाको जनसंख्या छ हजार ९७९ रहेको छ ।
तपाईको प्रतिक्रिया