Close This

एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक

सोमबार मङ्सिर ६, २०७८/ Monday 11-22-21
Paschim Today

गैर आवासीय नेपाली संघको वर्तमान कार्यसमितिलाई महाधिवेशन गराउन रोक लगाइएको छ । परराष्ट्र मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न निर्देशन दिएको छ ।

संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै विवाद समाधान गरी महाधिवेशन गर्न निर्देशन दिएको हो ।

संघका अध्यक्ष कुमार पन्तले मन्त्रालयले संघमा हस्तक्षेप गरेको प्रतिक्रिया दिएका छन् । उनले यसको कडा विरोध जनाउने बताएका छन् । महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर संघमा विवाद छ ।