Close This

काँग्रेस क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि छान्न यसरी हुदैँ छ कैलालीमा निर्वाचन

मंगलबार मङ्सिर ७, २०७८/ Tuesday 11-23-21
Paschim Today
धनगढीस्थित ओम प्यालेस परिसरमा काँग्रेस क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि अधिवेशनको चहलपहल । तस्विर : बिरबहादुर सिहँ/ पश्चिम टुडे

धनगढी,७ मंसिर । कैलालीमा निर्वाचनका माध्यमबाट नेपाली काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चयन हुँदैछन् ।

No description available.

कैलालीमा सभापति नरनारायण शाह ‘मनु’, धनगढीका मेयर नृपबहादुर वड, पूर्वमन्त्री रामजनम चौधरी, प्रदेश सभामा काँग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावल, मोहनसिंह राठौरलगायत नेताहरुको समर्थनमा अर्को प्यानल चुनावी प्रतिस्पर्धामा छ । यो समूहलाई नेता लेखकको समर्थन रहेको छ । वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनमा यही समूहको बर्चश्व देखिएको छ ।

No description available.क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिका लागि देउवा पक्षकै दुई प्यानल भएपछि सोमबार चुनाव भएको छ । क्षेत्रीय सभापतिमा बसन्त रोकाया र दिनेशराज जोशीबीच प्रतिस्पर्धा भएको छ । २५ सदस्य महाधिवेशन प्रतिनिधिका लागि ५० जनाबीच प्रतिस्पर्धा भएको छ । यहाँ अबेर रातिसम्म मतपरिणाम सार्वजनिक भएको छैन । 
No description available.

अन्य क्षेत्रमा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार निर्वाचन प्रचारप्रसार समितिका संयोजक सुनारले बताए । देउवा पत्नी आरजु राणाले चुनाव लडेको क्षेत्र नम्बर ५ मा क्षेत्रीय सभापतिका लागि पाँच जना र २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका सुनारले जानकारी दिए । सभापितमा इश्वरप्रसाद जोशी, भीम पडाल, सन्तोष मुडभरी, हरि रेग्मी र हिरासिंह पातलीले उम्मेदवारी दर्ता गरेका थिए ।  

No description available.

क्षेत्र नम्बर ३ मा क्षेत्रीय सभापतिमा रिता चौधरी र गोकेन्द्र भण्डारी तथा २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५३ जनाले उम्मेदवारी दर्ता गरेका सुनारले जानकारी दिए ।

No description available.

यस्तै क्षेत्र नम्बर १ मा सभापतिमा भुवनेश्वर अधिकारी र प्रकाश शाहले उम्मेदवारी दर्ता गरेका थिए । यो क्षेत्रमा २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५० जनाले उम्मेदवारी दिएका काँग्रेस कैलालीले जनाएको छ । प्रचारप्रसार समिति संयोजक सुनारका अनुसार बाँकी चार वटा क्षेत्रमा क्षेत्रीय सभापति र महाधिवेशन प्रनिनिधि छान्न मंगलबार निर्वाचन भईरहेको छ ।

 No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.