Close This

सुदूरपश्चिममा मङ्गलबार थप ११ जनामा कोरोना पुष्टि

मंगलबार मङ्सिर ७, २०७८/ Tuesday 11-23-21
Paschim Today

धनगढी,७ मंसिर । सुदूरपश्चिम प्रदेशमा मङ्गलबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट ६१२ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

आरटी पिसीआरमार्फत नौ र एन्टिजेन विधिमार्फत दुई जनामा पुष्टि भएको हो । पिसीआर विधिमार्फत सेती प्रादेशिक  अस्पतालमा सात र महाकाली र बाजुरा अस्पतालमा एक एक  जनामा सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिमार्फत कैलाली र कञ्चनपुरका एक-एक जनामा पुष्टि भएको हो ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर नौ जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण  एक जनाको पनि मृत्यु भएको छैन । यसअघि सोमबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा छ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६०८ जनाको ज्यान गइसकेको छ ।