Close This

सामान्य अंकले बढ्यो नेप्से

बुधबार मङ्सिर ८, २०७८/ Wednesday 11-24-21
Paschim Today

काठमाडौँ,८ मंसिर । बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । बजार मापक परिसूचक नेप्से १.८२ अंकले बढेर २७३४.९३ अंक पुगेको छ । यस्तै सेन्सेटिभ सूचकमा भने गिरावट आएको छ ।

सेन्सेटिभ सूचक ०.२८ अंकले घटेर ५१५.२० अंकमा झरेको छ ।बुधबार २२७ कम्पनीका ७४,४५,२२७ कित्ता शेयर किनबेच हुँदा ४,२१,७४,१५,३३७ रुपैयाँको कारोबार भएको छ ।

बुधबार कारोबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहमा गिरावट आएको छ भने १० उपसमूहमा सामान्य वृद्धि भएको छ । बैंकिङ, ट्रेडिङ र लाइफ इन्स्योरेन्स समूहले गुमाएका छन् ।