निश्चल र स्वस्तिमाको 'सुन बाटुली' सार्वजनिक
बुधबार मङ्सिर ८, २०७८/ Wednesday 11-24-21
Paschim Today
2021-11-24-03-45-44.png)
निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य रहेको गीत 'सुन बाटुली' सार्वजनिक भएको छ। कालीप्रसाद बास्कोटाको रचना तथा एकल प्रस्तुति रहेको गीत बुधबार ब्ल्याकहर्स पिक्चर्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।शृंगारिक भावमा रहेको गीतको भिडियो निश्चलले निर्देशन गरेका हुन्।
भिडियोमा निश्चल र स्वस्तिमासँगै गायक काली प्रसाद पनि देखिएका छन्। प्रशान्त लामाको नृत्य निर्देशन रहेको गीतको छायांकन पवन सुस्लिङले गरेका हुन् भने सम्पादन दीर्घ खड्काको हो।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय कालीप्रसाद ६ वर्षअघि सार्वजनिक भएको 'जालमा' बोलको गीत गाएपछि चर्चामा आएका थिए। 'निर जैले रिसाउनी', 'हेरिरहन देउ मलाई', 'इन्स्टाको फोटो', 'पन्छी' लगायत उनका दर्जनभन्दा बढी गीत चर्चित छन्।
तपाईको प्रतिक्रिया