Close This

राजस्थानका मन्त्रीले कटरीनाको गाला मनपराएपछि…

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

कुनै समय पूर्व रेलमन्त्री लालूप्रसाद यादवले बिहारको सडकलाई बलिउडकी ‘ड्रीमगर्ल’ हेमा मालिनीको गालाजस्तै बनाउने प्रतिबद्धता जनाएका थिए । अहिले यस्तै प्रतिबद्धता राजस्थान सरकारका मन्त्री राजेन्द्र सिंह गुढाले अभिनेत्री कटरीना कैफलाई जोडेर व्यक्त गरेपछि उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

काँग्रेसका वरिष्ठ नेताको यो भिडियोलाई लिएर सामाजिक सञ्जालमा थुप्रै मिम्स बनेका छन् । राजस्थानको झुंझुनू जिल्लाको एक जनसभामा सम्बोधन गर्दै प्रदेशको सडक कटरीना कैफको गाला जस्तै बन्नुपर्ने धारणा राखेका थिए । उनको भिडियो सामाजिक सञ्जालमा आगो जसरी फैलिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियोको मिम्स बनाउदै सलमान खान, विकी कौशललाई सम्झिएका छन् । ‘जनरेशनल शिफ्ट । लालुजीद्वारा हेमा मालिनीको गाला अब हाम्रो दोस्रो पुस्ताको कटरीनामा सरेको छ’, एक प्रयोगकर्ताले लेखेका छन् ।

कटरीना र विकी डिसेम्बरको पहिलो साता विवाह गर्दैछन् । उनीहरु सिक्स्थ सेन्स, रणथंभौर, राजस्थानमा सात फेरा लगाउदैछन् । उनीहरुले सब्यसाची मुखर्जीले डिजाइन गरेको पहिरन लगाउनेछन् । समाचारअनुसार उनीहरुको निर्देशक कबीर खानको घरमा रोका सेरेमोनी भइसकेको छ । विकी र कटरीनाले राजस्थानमा विवाह गर्नुअघि मुम्बईमा कोर्ट म्यारिज गर्नेछन् । कोर्ट म्यारिजपछि उनीहरु जयपुर पुगेर रीतिरिवाजका साथ विवाह गर्नेछन् ।