कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गयो

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

धनगढी,९ मंसिर । कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका अन्तरगत पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको मृत्यु भएको हो।

महिलाको मृत्यु भएपछि अहिले स्थानीयले  ट्रकमाथि तोडफोडको प्रयास गरेका छन् ।महिलाको विवरण खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीले दुर्घटना विवरण आउन बाँकी रहेको जनाएको छ ।