Close This

पहिरोले क्षति पुर्‍याएको गणेशपुर माविमा मन्त्री जोशीको स्थलगत निरीक्षण

सोमबार मङ्सिर २०, २०७८/ Monday 12-06-21
Paschim Today

डडेल्धुरा, २० मंसिर । डडेल्धुरामा पहिरोले क्षति गरेको विद्यालयको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले स्थलगत निरीक्षण गरेकि छन् ।

सोमबार मन्त्री जोशीसहितको टोलीले पहिरोले क्षति पुर्‍याएको जिल्लाको गन्यापधुरा गाउँपालिका स्थित गणेशपुर माध्यमिक विद्यालयको स्थलगत निरीक्षण गरेको हो ।

असोज ३१ गते देखि कात्तिक ३ गतेसम्म परेको भीषण वर्षाका कारण पहिरो जाँदा विद्यालयको ८ कोठे भवनमा पूर्ण रूपमा क्षति पुगेको थियो । उक्त भवन अहिले बस्न नमिल्ने अवस्थामा छ । भवनको माथिबाट आएको पहिरोले विद्यालयमा क्षति पुर्‍याएको थियो ।