Close This

देविका बन्दनाको गीत ‘ए मेरो हजुर’ सार्वजनिक

बुधबार मङ्सिर २९, २०७८/ Wednesday 12-15-21
Paschim Today

काठमाडौँ,२९ मंसिर । गायिका देविका बन्दनाको गीत ‘ए मेरो हजुर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शोभा केसीको शब्द र सम्राट थापाको संगीत रहेको छ । उक्त गीतमा दीप तुलाधारको मिक्सिङ तथा माष्टरिङ रहेको छ ।

सन्तोष राजवहाकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पन खड्का र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । 

ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा दिनसोन साहको सम्पादन तथा कलर छ । गीतको भिडियो देविका बन्दना अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।