Close This

नेपाल पर्यटन वोर्ड सुदूरपश्चिम कार्यालयको उद्घाटन 

सोमबार पौष ५, २०७८/ Monday 12-20-21
Paschim Today

धनगढी,५ पुस । नेपाल पर्यटन वोर्ड सुदूरपश्चिम कार्यालयको उद्घाटन भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मा कार्यालय स्थापना गरिएको हो । 

सो कार्यालयको संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आलेले सोमबार बिहान एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन ।

नेपाल पर्यटन वोर्ड गठन भएको २२ वर्ष पछि सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना भएको हो  । कार्यालयको स्थापनाको अवसरमा बोल्दै मन्त्री ओले यो प्रदेशको पर्यटन क्षेत्रको प्रवर्द्धनमा आफू लागि परेको समेत बताए ।