Close This

लेनदेन मुद्धाकी फरार कसुरदार पक्राउ

शुक्रबार पौष २३, २०७८/ Friday 01-07-22
Paschim Today

कञ्चनपुर , २३ पुस ।  कञ्चनपुरमा प्रहरीले लेनदेन मुद्धाकी फरार कसुरदारलाइ पक्राउ गरेको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका ५ वनगाँउ बस्ने नरमाया तामाङलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो। कञ्चनपुर जिल्ला अदालतको मिति २०७७।०८।०९ गतेको फैसलाले उनलाइ ३ बर्ष कैद सजाय तोकेको थियो।

तर, उनी फरार रहेकी थिइन्। उनी लेनदेन मुद्धाकी कसुरदार हुन् । फरार तामाङलाई पक्राउ गरेर अदालतमा पेश गरिएको र अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरिएको बताइएको छ।