कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ

शनिबार पौष २४, २०७८/ Saturday 01-08-22
Paschim Today

कञ्चनपुर,२४ पुस । कञ्चनपुरमा खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–६ बनगाँउ बस्ने २९ वर्षीय दिपेश बोगटी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लाल बहादुर बमले इलाका प्रहरी कार्यालय गड्डाचौकीयबाट खटिएको प्रहरी टोलीले गड्डाचौकी बजार स्थित पैदल हिड्दै गरेको अवस्थामा बोगटीमाथि शंका लागि चेक जाँच गर्दा ०.७ ग्राम लागु‍औषध खैरो हिरोइन बरामद भएको बताए ।

बोगटीको साथबाट उक्त परिणाममा लागु‍औषध भेटिएपछि पक्राउ गरिएको हो । बोगटीलाई पक्राउ गरी कानुनबमोजिम अनुसन्धान भइरहेको उनले बताए ।