Close This

घानामा मृत्युु भएका रुपक बोहराको शव डेढ महिना पछि नेपाल ल्याईदै

आइतबार पौष २५, २०७८/ Sunday 01-09-22
Paschim Today

अमेरिका जाने भनी लगभग ३५ लाख डुबाएर मानव तस्करको चुङ्गलमा फसी घानाको आकरामा उपचार गर्दा गर्दै गत नोभेम्बर २७,२०२१ मा मृत्य भएका रुकुमका  रुपक बोहोराको शब भोलि सोमबार  बिहान,  १२ जनवरीमा कतार एअरबेज बाट काठमाडौं पुग्दैछ । उनको शव त्यहाबाट रुकुम बाफिकोट स्थित उनको घरमा लागि अन्तिम दाहसंस्कार गरिनेछ ।

आकरा बिमानस्थलमा बिरामी भै इमिरेट्स एयर्लाइनले अलपत्र छोडी एयर पोर्ट भित्रको प्राथमिक स्वास्थ्य केन्द्रमा सिकिस्त रुपमा रहेको थाहा पाए पछि एनआरएनए घानाले उनको औसधि उपचारको समन्वय आकारा शहरको सुबिधा सम्पन्न रिज अस्पतालमा गराएको थियो  । तर उनलाई बचाउन सकिएन । 

उनको उपचार र शब फिर्ताको लागि एनआरएनए घानाका अध्यक्ष रोशन श्रेष्ठ ,कोषाध्यक्ष  विकास सुवेदी , दिनेश पाण्डेय , कृष्ण निरौला लगाएत पदाधिकारीहरुले   समन्वय गरेका थिए । त्यसै गरि उनको उपचार खर्चका लागि  एनआरएनए अफ्रिकाको  अफ्रिका राहत कोष र एनआरएनए घानाले आर्थिक सहयोग जुटाएका थिए । उनको शव काठमाडौं पुगे पछि रुकुम सम्म पुर्याउन एनआरएनएको काठमाडौं स्थित अन्तर्राष्ट्रिय सचिवालयले सहयोग गर्ने भएको छ । 

    एनआरएनए अन्तर्राष्ट्रिय समितीका पुर्व कोषाध्यक्ष  हिक्मत थापाले  यस दुस्खद परिस्थितिमा साथ दिई उनको उपचार र शव फिर्ताको समन्वय गरेकोमा एनआरएनए एनसीसी घाना , एनआरएनए अफ्रिका राहत कोष , एनआरएनए अफ्रिका स्वास्थ्य समिती,  एनआरएनए आइसीसी र  नेपालमा समन्वय गर्नुहुने  तारक केसी लगाएत रुपकका परिवारजनलाई हार्दिक आभार ब्यक्त गरेका छन ।