Close This

कैलालीमा लागुऔषध सहित एक जना पक्राउ

मंगलबार पौष २७, २०७८/ Tuesday 01-11-22
Paschim Today

कैलाली, पुस २७  कैलालीमा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। जिल्लाको टीकापुर नगरपालिका-७ सत्तीबाट सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश  चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उनको साथबाट लागुऔषध ३५ क्याप्सुल स्पास्मो प्रोक्सिभन फेला परेको प्रहरीले बताएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।