Close This

चमेरोले लियो पाँच जनाको ज्यान

मंगलबार पौष २७, २०७८/ Tuesday 01-11-22
Paschim Today

अमेरिकामा कोरोना संकटकाबीच अब चमेरोका कारण ५ को ज्यान गएको छ । अमेरिकाका प्रमुख चिकित्सा संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले यो चेतावनी जारी गरेको हो । यी पाँचको मृयु गत वर्ष रेबिजका कारण भएको हो । रेबिजको बिरामी अमेरिकामा समाप्त भइसकेको थियो। । वर्षमा करिब २ देखि ३ घटना मात्रै यो रोगसँग जोडिएका छन् । तर कसैको पनि मृत्यु हुने गरेको थिएन । तर तपाईको मनमा सवाल खडा हुन सक्छ कि रेबिजको बिमारी कुकुरले टोक्नाले हुन्छ , तर यसको चमेरोसँग के सम्बन्ध र?

सीडीसीको रिपोर्ट अनुसार गत वर्ष ५ मानिसको मृत्यु रेबिजबाट भएको थियो । ३ को मृत्यु पाँच हप्तामा भएको थियो । सबैभन्दा अचम्म लाग्दो कुरा के छ भने अमेरिकामा वितेका २ वर्षमा रेबिजको एक घटना पनि भएको थिएन । अमेरिकाको प्रमुख चिकित्सा संस्थानका अनुसार विगत १ दसकमा पहिलो पटक गत वर्ष रेबिजबाट यो मृत्यु भएको हो ।पाँच हप्ताभित्र जो ३ व्यक्तिको मृत्यु भयो उनीहरुमध्ये एक बच्चा पनि समावेश थिए ।

मृत्यु हुने सबैलाई चमेरोले संक्रमण गरेको थियो । २८ सेप्टेम्बरदेखि ३ नोभेम्बरबीच यी मानिसहरुको मृत्यु भएको थियो । सीडीसीका अनुसार जुन ३ मानिसको मृत्यु भएको थियो,उनीहरुमा संक्रमणपछि पहिले लगाइएको खोपपछि पोस्ट एक्सपोजर प्रोफाइलेक्सिस (पीईपी) को लक्षण पनि देखिएको थिएन । यी मृत्युपछि सीडीसीले अमेरिकाका चेतावनी जारी गरेको थियो । यसले सचेतनाका लागि सूचना पनि दिएको थियो । कुकुरका अलावा चमेरोबाट पनि रेबिज फैलन सक्छ । यसलाई रेबिज ब्याट्स भनिन्छ । सीडीसीको रिपोर्ट अनुसार २००७ मा चमेरोबाट फैलिने रेबिज अत्यन्त कम थियो ।

जबकी २०१९ र २०२० मा रेबिजको एक केश पनि देखिएन । तर गत वर्ष रेबिजबाट ५ को मृत्यु भएकाले सीडीसी पनि अचम्ममा परेको छ । सीडीसीका अनुसार मानिसलाई यसको विषयमा जानकारी नभएकाले यस्तो भएको हो । मस्तिष्क प्रणालीमा असर पुर्याउने भाइरसका कारण रेबिजको बिरामी हुन जान्छ । रेबिज संक्रमण भएका जनावरले टोक्नाले रेबिजको संक्रमण  फैलिन्छ । कुकुर, स्याल, चमेरो जस्ता जनावरका कारण रेबिज फैलिन्छ। अमेरिकामा १ वर्षमा ६० हजार मानिससलाई रेबिजको खोप दिइन्छ ।

यसले मानिस संक्रमणको शिकार हुदैनन् र मृत्यु पनि हुदैन ।अमेरिकामा ७० प्रतिशत रेबिज संक्रमणको मामिला चमेरोबाट हुने गरेको छ । सीडीसीले मानिसलाई चमेरो भएको ठाउँमा नजानका लागि सल्लाह दिएको छ । यदि कुनै चमेरो देखियो भने तुरुन्त स्वास्थ्य विभाग वा जनावर नियन्त्रण केन्द्रमा जानकारी दिनका लागि आग्रह गरिएको छ ।