Close This

‘ओके छ त’ गीतको भिडियो सार्वजनिक

बुधबार पौष २८, २०७८/ Wednesday 01-12-22
Paschim Today

काठमाडौं , २८ पुस । गायक विजय शंकर र गायिका सुदिता राईको स्वरमा रहेको गीत ‘ओके छ त’ को भिडियो सार्वजनिक रहेको छ । गीतमा विजय र मुनाल शिशिर कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत र कुशल सिंहको एरेञ्ज छ ।गोदावरीमा छायाँकन गरिएको भिडियोमा सुधीर श्रेष्ठ र सुनिशा बजगाईंको अभिनय छ ।

भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।मुनाल शिशिर कोइरलाको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, शिलन लम्सालको सम्पादन छ । भिडियो ‘ड्याडी एण्ड डटर्स’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।