Close This

नाेबेल मेडिकल कलेजका सञ्चालककाे पुत्ला दहन

बिहीबार पौष २९, २०७८/ Thursday 01-13-22
Paschim Today

विराटनगर, २९ पुस। नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको पुत्ला दहन गरिएको छ । एमिबिएसको अतिरिक्त शुल्क घटाउन माग गर्दै विद्यार्थीले पुत्ला दहन गरेका हुन् ।पुत्ला दहन अघि चिता बनाएर विद्यार्थीले अस्पताल घुमाएका थिए ।

विद्यार्थीको माग सम्बोधन गर्न चासो नदिएपछि पुत्लालाई चितामा राखेर दहन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए ।एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क कलेजले मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले यसअघि विराटनगरमा चक्काजाम गरेका थिए ।

साथै विद्यार्थीहरूले निरन्तर प्रदर्शन गरिरहेका छन् ।कलेजले पनि यसअघि अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसका विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो । शुल्क नुबझाउने विद्यार्थीलाई कक्षा कोठाबाट निकालिएका थिए भने गेटबाटै रोक्ने कामसमेत गरेको थियो ।