Close This

पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना पुष्टि , थप ३ को मृत्यु

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

काठमाडौ‌ं, ३० पुस ।  नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ४७४ जनाको पीसीआर परीक्षणमा ४२०४ र ७ हजार ८६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८८३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३०६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब ५ रहेको छ ।