चिनियाँ आगमनपछि कसरी बदलियो अन्तरिक्ष दौड

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

दशकौँदेखि अन्तरीक्ष त्यस्तो ठाउँ बनेको छ जहाँ मुलुकहरुले आफ्नो महत्वाकांक्षाको प्रतिस्पर्धा गरिरहेका छन् । अन्तरीक्ष अनुसन्धानको क्षेत्रमा संसारका कतिपय देशहरु आफूलाई एक अर्काबाट अगाडि देखाउने दौडमा छन् । शीतयुद्धका बेला अमेरिका र सोभियत संघबीच केवल हतियार मात्रको दौड थिएन उनीहरु पृथ्वीभन्दा भन्दा पर अन्तरीक्ष प्रविधिमा पनि एक अर्काबाट अगाडि बढ्ने दौडमा थिए ।

तर अहिले अन्तरीक्ष दौडमा प्रमुख खेलाडिको रुपमा चीनपनि अगाडि आएको छ । चीनले पृथ्वीबाट नदेखिने चन्द्रमाको इलाका समेत सफलतापूर्वक अन्तरीक्षयान अवतरण गराएको छ । सन् २०१९ मा पहिलोपटक चीनले चन्द्रमाको दक्षिणी ध्रुव अर्थात् फार साइडमा यान अवतरण गराएको थियो । चीनले यान अवतरण गराएको भोन कर्मन क्रेटर नजिकैको क्षेत्रमा हालसम्म कुनै पनि यान पुगेको थिएन । केहीहप्ता अगाडि यानसँगै गएको रोभरले क्रेटरबाट ८० मिटर टाढा एक घनाकार चीन देख्यो, जसलाई मिस्ट्री हट नाम दिइएको छ । यो उपलब्धि चीनको चांग इ ४ राखिएको छ ।

अन्तरीक्ष जगतमा भारतको पनि आफ्नै रेकर्ड छ । सन् २०१७ मा भारतले एकसाथ १ सय ७ वटा स्याटेलाइट प्रक्षेपण गरेर रेकर्ड कायम गरेको थियो । यसका अलावा अन्य मुलुकहरुले पनि अन्तरीक्षमा आफ्ना यानहरु प्रक्षेपण गरिसकेका छन् वा त्यसको तयारीमा छन् । भुटानले समेत सन् २०१८ मै आफ्नो पहिलो नानो स्याटेलाइट अन्तरीक्षमा पठायो र यो वर्षको अन्त्यसम्ममा अर्को स्याटेलाइट पठाउने तयारी गरिरहेको छ ।

यो दशकको अन्त्यसम्ममा नाइजेरियाले अन्तरीक्षमा अन्तरीक्षयात्री नै पठाउने योजना बनाएको छ । किर्गिस्तानले पनि आफ्नो पहिलो स्याटेलाइट बनाइरहेको छ र ओमानले यो वर्ष नै आफ्नो पहिलो स्याटेलाइट प्रक्षेपण गर्ने लक्ष्य राखेको छ । यी सबै घटनाक्रमका बीच एउटा प्रश्न उठ्दछ कि आखिर अन्तरीक्षको यो दौड के हो ? यो राष्ट्रिय सम्मानको विषय हो कि विकासको ? अन्तरीक्षमा अगाडि बढ्ने होडले पृथ्वीमा कस्तोखाले परिवर्तन ल्याइरहेको छ ?

अन्तरीक्षमा एसियाली मुलुकहरुको दख्खल

डाक्टर क्रिस्टोफ बाइसेल लण्डनस्थित इन्स्टिच्यूट अफ स्पेस पोलिसी एण्ड ल मा रिसर्च फेलोको रुपमा कार्यरत छन् । अमेरिकाका कारण चीनको अन्तरीक्ष कार्यक्रमलाई कसरी सहयोग पुग्यो भन्ने विषयमा उनले व्याख्या गर्दछन् । चिनिया अन्तरीक्ष वैज्ञानिक चेत चुएसेन सन् १९३४ मा अमेरिकामा थिए, पहिले विद्यार्थीको रुपमा र पछि अन्तरीक्ष वैज्ञानिकको रुपमा ।

अमेरिकाको लागि रकेट प्रक्षेपणको प्रविधि बनाउने तथा नासाको एक अन्तरीक्ष अनुसन्धान केन्द्र बनाउनमा उनले अहम् योगदान दिए । द्धितीय विश्वयुद्धका बेला उनी अमेरिकी सरकारको वैज्ञानिक सल्लाहाकार बोर्डमा थिए । सन् १९५० को म्याकार्थी यूगमा अमेरिकामा तथाकथित कम्युनिष्ट जासूसहरुको खोजी सुरु भयो । त्यसबेला अमेरिकी सरकारले उनलाई नजरबन्दमा राख्यो र कोरियाली युद्धका बेला पक्रिएका अमेरिकी पाइलटहरुको बदलामा चीनलाई सुम्पियो । तर उनलाई चीन पठाउनु सबैभन्दा ठूलो गल्ती भएको त्यतिबेला एकजना वरिष्ठ अमेरिकी सैनिकले बताएका छन् ।

अमेरिकाको यो निर्णयबाट चीन खुसी थियो । चीनसँग अचानक एकजना यस्तो विज्ञ आएका थिए जसले उसका वैज्ञानिकहरुलाई तालीम दिन सक्दथे । उनकै कामको परिणाम स्वरुप चीनले आफ्नो अन्तरीक्ष कार्यक्रम खडा गर्यो । चिनिया राष्ट्रपति माओले सन् १९५८ मा अन्तरीक्ष कार्यक्रमको घोषणा गरे । त्यसको एक दशकपछि नै चेन चुएशेनको नेतृत्वमा पूर्ण रुपमा स्वदेशमै बनेको स्याटेलाइट चीनले प्रक्षेपण गर्यो । उक्त कदमबाट चीनले पूरै विश्वलाई एक जबरजस्त सन्देश दियो ।

त्यसबेला पृष्ठभूमिमा द इस्ट इज रेड अर्थात् पूर्व रातो छ भन्ने गीत गाइएको थियो । त्यो एक प्रकारले चीनको अघोषित राष्ट्रगान नै बनेको थियो जसमा कम्युनिष्ट पार्टी र माओत्से तुङको बयान गरिएको थियो ।

त्योबेला सम्म अमेरिका र चीनले अन्तरीक्षमा आफ्ना अन्तरीक्षयात्री पठाइसकेका थिए । सन् २००३ मा चीनले पहिलो पटक अन्तरीक्षमा मानव पठायो । यांग ली अन्तरीक्षमा पुग्ने पहिलो चिनिया नागरिक बने । त्यसयता हालसम्म ११ जना चिनिया अन्तरीक्षयात्री अन्तरीक्षमा पुगिसकेका छन् । जनवरी २०१९ मा चीनले चन्द्रमाको नदेखिने क्षेत्रमा सफलतापूर्वक अन्तरीक्षयान उतारेको छ । आखिर यसबाट चीन बाँकी विश्वलाई के सन्देश दिन चाहन्छ ?

डाक्टर क्रिस्टोफ भन्छन्- चीन बताउन चाहन्छ कि उसले अमेरिकाले अहिलेसम्म गर्न नसकेको कुरा आफूले गरेर देखाएको र यो क्षेत्रमा आफू विश्वको सबैभन्दा अगाडि रहेको मुलुक भएको बताउन चाहन्छ । चीनले लामो समयसम्म गृहयुद्धको समस्या झेल्यो । चीन विगतमा कृषिमा आधारित मुलुक थियो । तर पछिल्लो ७० वर्षमा चीनले प्रविधिको क्षेत्रमा सबैभन्दा अग्रणी मुलुकको रुपमा आफूलाई स्थापित गर्न सकेको छ । आगामी केही वर्षमा बजेटको कमीका कारण अन्तराष्ट्रिय स्पेस स्टेसनको काम बन्द हुन सक्दछ । तर यो चीनका लागि यस क्षेत्रमा अझै शक्तिशाली बन्ने मौका हुनेछ ।

उनी भन्छन्- चीन एकमात्र देश हुनेछ जो सँग अन्तरीक्षमा आफ्नो स्टेसन हुनेछ । यो वर्षको अन्त्यसम्ममा स्पेस स्टेसनको काम पूरा गर्ने चीनको योजना छ । त्यसबेला चीनले दुनियालाई भन्नेछ कि यदि कसैलाई वैज्ञानिक अनुसन्धान गर्नुछ वा अन्तरीक्षयात्री पठाउनुछ भने हार्दिक स्वागत छ । यस अर्थमा चीन संसारको सबैभन्दा शक्तिशाली मुलुक बन्ने महत्वाकांक्षा राख्दछ ।

यो अन्तरीक्षमा चीनका लागि यो असजिलो छैन । गत मे महिनामा चीनले झुरोंग नामको मानवरहित यात मंगल ग्रहमा अवतरण गराउँदै एसियाको पहिलो मुलुकको किर्तिमान राख्यो । डाक्टर क्रिस्टोफका अनुसार अन्तरीक्षमा अमेरिकाको वास्तविक प्रतिद्धन्दी चीन नै हो र सले अन्तरीक्ष कार्यक्रममा अर्बौँ खर्च गरिरहेको छ । तर संसारका अन्य मुलुकहरुका लागि अन्तरीक्ष कार्यक्रम खर्चको कम र विकासको मामिला धेरै हो ।

स्याटेलाइटको प्रयोग

भारत पृथ्वीको कक्षको तल्लो भाग अर्थात् लो अर्थ अर्बिटमा आफ्ना तथा अन्य मुलुकका स्याटेलाइट प्रक्षेपित गर्ने अहम मुलुक बनिसकेको छ । सन् २०१७ मा भारतले एकसाथ १०४ वटा स्याटेलाइट प्रक्षेपित गर्ने रेकर्ड बनाएको थियो । भारतले यो काम निकै कम खर्चमा सम्पन्न गर्यो । त्यसपछि विभिन्न अन्य देश, विदेशी कम्पनीहरु तथा एजेन्सीहरु यो सुविधाको प्रयोग गर्न चाहन्छन् ।

भारतले आफ्नो अन्तरीक्ष कार्यक्रमको सुरुवात सन् १९६० को दशकमा गरेको थियो । भारतको उद्देश्य न त अन्तरीक्षमा आफ्नो उपस्थिति दर्ज गराउनु थियो न त अन्तरीक्ष अनुसन्धानमा अगाडि रहनु । भारतको उद्देश्य देशको आर्थिक विकासमा योगदान गर्नु थियो । भारतजस्ता विकासशील देशका लागि यो दकम यसअर्थमा महत्वपूर्ण थियो किनकी उनीहरुका लागि पैसाको सही प्रयोग आवश्यक थियो । विकासको कामका लागि अन्तरीक्षको प्रयोगको निर्णय गरियो । स्याटेलाइट तस्वीरको माध्यमबाट नक्सा बनाइयो र त्यसैको मद्दतले खनिज पदार्थको उत्खननको योजना बनाउनु सजिलो थियो ।

आखिर म्यापिङका लागि स्याटेलाइट तस्वीरकै प्रयोग किन ? किनभने भारतजस्ता ठूलो देशहरुमा स्थलगत तरिकाहरु अपनाउनु भनेको सबै ठाउँमा पुग्नु हो, जुन निकै महंगो सावित हुन्छ । दूरदराजका ठाउँहरु सम्म पुग्नका लागि स्याटेलाइटको प्रयोग सस्तो विकल्प थियो । स्याटेलाइट तस्वीरबाट पानीका श्रोतहरुका बारेमा जानकारी प्राप्त भयो र वृक्षारोपणको प्रयास कति सफल भयो भन्नेबारेमा पनि तथ्यांक उपलब्ध भयो । जलवायु परिवर्तनसँग जुध्नका लागि समेत स्याटेलाइटको प्रयोग बढेको छ । यसले माझीहरुलाई समुद्रमा जाने र माछाको खोजी गर्नमा समेत सहयोग गर्दछ ।

यसका लागि अन्तरीक्षबाट स्याटेलाइटको माध्यमले ट्रयाकिङ गरिन्छ र मानिसहरुलाई उनीहरुको मोबाइल फोनमा जानकारी दिइन्छ । भारतको आर्थिक विकासमा उसको अन्तरीक्ष कार्यक्रमको विशेष योगदान रहेको विज्ञ बताउँछन् । तर हालैका दिनहरुमा यसको उद्देश्य बदलिएको छ । सन् २०१८ मा प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा भारत आफ्नै यानबाट अन्तरीक्षमा मानिस पठाउने विश्वको चौथो मुलुक बन्ने घोषणा गरे ।

वास्तवमा अब अगाडि बढ्न आवश्यक छ भन्ने महसूस भारतलाई भयो । चीनको अन्तरीक्ष कार्यक्रमबाट भारतलाई प्रेरणा मिलेको छ । आगामी दिनमा भारतले पनि महत्वाकांक्षी परियोजना अगाडि बढाएको देख्न पाइनेछ । विद्यमान भन्दा फरक मानवबाहक अन्तरीक्षयान भारतले बनाउन सक्दछ, जसले तापमान तथा गुरुत्वाकर्षणको प्रभाव झेल्न सकून् । यसबाट अन्तरीक्ष कार्यक्रममा हुने खर्च बढ्नेछ तर त्यसको सिधारुपमा लाभ भने हुनेछैन । तथापि आर्थिक विकासमा स्याटेलाइटको प्रयोग अझैपनि भारतका लागि महत्वपूर्ण छ र अन्य मुलुकहरुले समेत त्यहीँ बाटो पछ्याइरहेका छन् ।