Close This

अन्तरीक्षमा पुग्ने पहिलो भारतीय, केही रोचक तथ्य

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

भारतका पहिलो अन्तरीक्षयात्री हुन् राकेश शर्मा । सन् १९८४ को अप्रिल ३ मा उनी अन्तरीक्षमा पुग्ने पहिलो भारतीय बनेका थिए । अन्तरीक्षमा पुग्ने १३८ औँ अन्तरीक्षयात्री राकेश शर्मा भारतीय वायुसेनामा विंग कमान्डर पदबाट रिटायर्ड भएका थिए । उनले करीब ८ दिनसम्म अन्तरीक्षमा बिताएका थिए ।

सन् १९६६ मा भारतको नेसनल डिफेन्स एकेडेमीमा आबद्ध बनेका उनी सन् १९७० मा भारतीय वायुसेनामा प्रशिक्षक पाइलटको रुपमा सामेल भए । उनले सन् १९७१ मा भारत पाकिस्तान युद्धमा भाग लिए । त्यसबेला उनी पाइलटको भूमिकामा थिए । सन् १९८२ मा एकजना भारतीय नागरिक रुसी अभियानमा अन्तरीक्षमा जाने निर्णय भयो । त्यसबेला राकेश शर्मा स्क्वार्डन लिटर बनिसकेका थिए । उक्त चुनौतिपूर्ण अन्तरीक्ष मिसनमा आफू सहभागी हुने निर्णय राकेश आफैंले गरेका थिए ।

त्यसअघि उनी कठीन प्रशिक्षणमा सामेल हुनुपर्दथ्यो । उनले प्रशिक्षण लिए र आफूलाई सोभियत अन्तरीक्ष विशेषज्ञको रुपमा स्थापित गरे । तत् पश्चात् रुसी अन्तरीक्ष संस्थाले उनलाई अन्तरीक्षमा पठाउने कुरा तय भयो । अन्तरीक्षमा पुगेर उनले भारतका विभिन्न ठाउँको तस्वीर खिची सार्वजनिक गरेका थिए । उनले अन्तरीक्षमा योगा पनि गरेर किर्तिमान राखे । जब उनी अन्तरीक्षबाट फर्केर आए तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले उनलाई सोधिन्-  भारत कस्तो देखिन्छ ?

उनले जवाफ दिए- दुनियामा सबैभन्दा राम्रो हाम्रो हिन्दुस्तान ।

राकेश शर्माले अन्तरीक्षमा जाँदा भारतीय खानेकुरा पनि लिएर गएका थिए । मैसूरस्थित डिफेन्स फुड रिसर्च ल्याबको सहयोगमा उनले खाना अन्तरीक्षमा लगेका थिए । राकेश शर्मा अन्तरीक्षमा लगेका खानेकुराहरु हलुवा, भेज पुलाउ र आलुमटरको तरकारी । ती खाना उनले आफूले खानुका साथै अन्तरीक्षका आफ्ना सहकर्मीहरुलाई पनि खुवाए ।

राकेश शर्मा अन्तरीक्षमा जाने पहिलो भारतीय मात्र नभई हिरो अफ सोभियत युनियन पुरस्कार पाउने पहिलो भारतीय नागरिक पनि हुन् । उनले भारत सरकारबाट सर्वोच्च वीरता पुरस्कार र अशोक चक्र सम्मान प्राप्त गरे ।