Close This

रोजगारीका लागी भारत जानेहरूका समस्या समाधान गर्न माग

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

धनगढी, ३० पुस । रोजगारीका लागी भारत पस्ने नेपालीहरूका समस्या समाधान माग गरिएको छ । नेपाली जनसम्पर्क समिति भारतले उनीहरूका समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर बन्नुपर्ने भन्दै शुक्रवार प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको हो ।

अन्य प्रदेशको तुलनामा सुदूरपश्चिमबाट रोजगारीका लागी भारत जानेको संख्या निकै बढी छ । स्वदेशमा रोजगारी नभएको भन्दै युवाहरू नाकामा लामबद्ध भएर भारत पस्ने गरेका छन् ।मजदूरी गर्न बाध्यतावश भारत पस्ने नेपालीहरूले अब स्वदेशमै रोजगारीको सिर्जना गरिदिन समेत माग गरेका छन् ।  

नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेको टीमले  ज्ञापन पत्र मार्फत मुख्यमन्त्री भट्टको ध्यानाकर्षण गराएका हुन् । समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री भट्टले  प्रदेशबाट गर्ने कामको धेरै सुरुवात गरिसकेको र संघ सरकारको समय/समयमा ध्यानाकर्षण गराइरहेको बताए ।