Close This

लिपुलेकबारे कांग्रेसले भन्यो : भारतले सडक निर्माण गर्नू आपत्तिजनक

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

 सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ ।

काठमाडौँ,३० पुस ।  कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् ।

कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न माग गरेको छ । कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको भन्दै सो भूमि नेपालले उपभोग गर्न पाउनुपर्ने बताएको छ ।

यस्तै कालापानीबाट भारतीय सेना हट्नुपर्ने भन्दै कांग्रेसले सुगौली सन्धि दुबै देशले स्वीकारेको भन्दै सोही तथ्यमा सीमा विवाद समाधान हुनुपर्ने बताएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अगाडि लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताएका थिए ।