Close This

प्रहरीको लाठ्ठि चार्जले बझाङमा एकजना बेहोस  

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
भुवन सिंह

बझाङ,३० पुस । प्रहरीको लाठ्ठि चार्जले बझाङमा एकजना बेहोस  भएका छन् ।  जिल्लाको सदरमुकाम चैनपुरमा मष्टा गाउँपालिका ४ का जोगिरी कठयतालाई सिभिलमा रहेका प्रहरी हवलदार हर्जित लुहारले  लाठ्ठि प्रहार गर्दा उनी बेहोस भएका हुन् ।

 प्रहरीले जाँड खाएको झोकमा कठयतालाई  लाठ्ठि  प्रहार गरेको प्रत्यक्ष दर्शीहरूले बताएका छन् ।   प्रहरी र कठायतबीच सामान्य विवाद भएको बुझिएको छ ।

प्रहरीको लाठ्ठि चार्जले बेहोस भएका कठयतालाई जिल्ला अस्पताल सिमखेतमा भर्ना गरिएको र दुवै जनामाथि छानबिन भइरहेको प्रहरी नायब उपरिक्षक(डिएसपी)  ज्ञान बहादुर विष्टले बताए ।