Close This

माया मेट्रोले भोलिदेखि मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्ने

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

धनगढी,३० पुस । धनगढीको माया मेट्रो अस्पतालले मुटु  रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्ने भएको छ। अस्पतालले  भोलि माघ १ गतेदेखि २४ घण्टे मुटु रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्ने भएको हो ।

गंगालाल अस्पतालबाट मुटु रोग विशेषज्ञ डाक्टर कृष्णचन्द्र अधिकारी र वीर अस्पतालका डाक्टर हरि पौडेलले मुटु रोग सम्बन्धीका सेवाहरु प्रदान गर्ने अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले  जानकारी दिए ।

उनका अनुसार  माघ २ गतेदेखि ६ गतेसम्म मुटु र न्यूरो सम्बन्धिको ओपिडी सेवा निशुल्क प्रदान गरिने जनाएको छ ।