Close This

प्रहरीद्वारा छ थान सालको गोलिया बरामद 

सोमबार माघ ३, २०७८/ Monday 01-17-22
Paschim Today

कैलाली,३ माघ ।  कैलाली प्रहरीले सोमबार छ थान सालको गोलिया बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटेको प्रहरी टोलीले बर्दगोरिया गाउँपलिका-३ रानीकुण्डाबाट काठ बरामद गरेको हो ।

ढुङ्गा बोकेको दुईवटा ट्रयाक्टरमा लुकाइ छिपाइ गरेर ओसारपसार गरिरहेको अवस्थाबाट प्रहरीले काठ बरामद गरेको हो ।

प्रहरीको टोलीले से १ त ५५६०  र से २ त ११२ नम्बरको ट्रयाक्टरमा अवैध रुपमा लुकाइ छिपाइ ओसारपसार गरी रहेको अवस्थमा सात फिट लम्बाईका सालको गोलिया छ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बरामद काठ  ७६.९९ क्युफिट रहेको जनाइएको छ । बरामद आवश्यक कारबाहीका लागि  सव-डिभिजन वन कार्यालय बौनियालाई बुझाइएको छ ।