Close This

कैलाली सहित नौ जिल्ला कोभिड–१९ को ‘रेड जोन’मा

सोमबार माघ ३, २०७८/ Monday 01-17-22
Paschim Today

धनगढी,३ माघ । पछिल्लो २४ घण्टाको तथ्यांकले कैलाली सहित देशभरका नौ जिल्ला कोभिड–१९ को उच्च जोखिममा परेको देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिमको कैलाली, प्रदेश १ को मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको रुपन्देही र सुदूरपश्चिमको कैलाली ’रेड जोन’मा छन्।

त्यस्तै वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लासहित चितवनमा बढी संक्रमित छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी नौ जिल्लामा संक्रमित संख्या ५ सय भन्दा बढी छन् ।  

May be an image of map