Close This

सेती प्रयोगशालामा सोमबार थप १६७ जनामा कोरोना पुष्टि

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

धनगढी,१० माघ। सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७६ नमुना परीक्षण गर्दा थप १६७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा ९ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । भने २ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

हाल अस्पतालमा १९ जना संक्रमित विरामीको उपचार भइरहेको छ । ती मध्ये दुई जनाको आइसियुमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टा धनगढी उपमहानगरपालिका  वडा नम्बर १ का ७७ बर्षिय पुरुषको मृत्यु भएको छ ।