Close This

बसको ठक्करबाट ४५ वर्षीय मोटरसाइकल चालकको मृत्यु

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

सुनसरी , १० माघ । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ वर्षीय बमबहादुर लिम्बु रहेका छन् ।आइतबार साँझ १ ख ६१६२ नम्बरको बसले इटहरीबाट विराटनगर जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा एपेक्स अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बस र चालक दुवैलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।