नौ सय ग्राम लागु औषध सहित धनगढीमा एक पक्राउ
सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today
धनगढी , १० माघ । कैलाली प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका ४ एकता टोलका ५० वर्षीय नर बहादुर धामीलाई पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा नौ सय ग्राम लागु औषध सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
तपाईको प्रतिक्रिया