Close This

नौ सय ग्राम लागु औषध  सहित धनगढीमा एक पक्राउ

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

धनगढी , १० माघ । कैलाली प्रहरीले लागु औषध  सहित एक जनालाई पक्राउ गरेको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका  ४ एकता टोलका ५० वर्षीय नर बहादुर धामीलाई पक्राउ गरिएको हो । 

गोप्य सूचनाको आधारमा नौ सय ग्राम  लागु औषध  सहित उनलाई पक्राउ  गरिएको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।