Close This

नागरिक उन्मुक्ति पार्टीको वडा अध्यक्षमा विक

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

धनगढी,१० माघ । रेशम चौधरीद्वारा गठित नागरिक उन्मुक्ति पार्टीको भजनी नगरपालिका–२ मा वडा कमिटी गठन गरिएको छ ।  सोमबार गरिएको वडा भेलाबाट केशव राजवंशी विकको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

सो कमिटीको उपाध्यक्षमा रिता चौधरी, अजय चौधरी, सचिवमा केदार चौधरी,  सहसचिवमा सञ्जु चौधरी, कोषाध्यक्षमा सुमित्रा भण्डारी चयन भएका छन् । 

यसैगरी, सदस्यहरुमा सावित्री चौधरी, रेनु चौधरी, सीता चौधरी, दशनी चौधरी, मिना चौधरी, प्यारेलाल चौधरी, रामस्वरुप चौधरी, सुरेश कठरिया, मनिषा चौधरी, उर्मिला चौधरी र नेहा चौधरी रहेको सो पार्टीका नेता गंगा चौधरीले जानकारी दिए ।  रेशमका पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा हालै गठित सो पार्टीले कैलालीको पूर्वी क्षेत्रमा संगठन विस्तार कार्यलाई अगाडि बढाएको छ ।