Close This

सुकुम्वासी संघर्ष समिति पुर्नवासद्धारा नगरपालिकाको ध्यानाकर्षण

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

कञ्चनपुर ,१० माघ  । सुकुम्वासी सङ्घर्ष समिति पुनर्वासले  नगरपालिकाको ध्यानाकर्षण गराइएको छ । सरकारको राष्ट्रिय भूमि आयोगले प्रकाशन गरेको सूचनामा नगरपालिकाको तर्फबाट सम्झौता नगरिएको र नगरपालिकाले यसबारे कुनै चासो नदिएको भन्दै सुकुम्वासी सङ्घर्ष समिति पुनर्वास नगरपालिकाको ध्यानाकर्षण गराइएको हो ।

केही हप्ता अघि मात्रै प्रदेशका विभिन्न पालिकाहरूले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई नाप जाँच र लालपुर्जा वितरणका लागि राष्ट्रिय भूमि आयोग र स्थानीय तहबीच सम्झौता भए पनि सो नगरपालिकामा हुन नसेको प्रति सङ्घर्ष समितिले ध्यानाकर्षण गरेको हो ।

सुकुम्वासी सङ्घर्ष समिति पुनर्वासका संयोजक जगत बहादुर सायरले नगरपालिकाले चरम लापरबाही गरी उक्त सूचीमा पार्न पहल नगरेको बताए । नगरपालिका भित्र रहेका  सुकुम्वासीहरू अव्यवस्थित रूपमा बसोबास गर्दै आएको र  जमिनको हक प्राप्तिका लागि विभिन्न सल्लाह सुझाव पेश गर्दा पनि नगरपालिकाले ध्यान नदिएको कारण आफूहरूले ध्यानाकर्षण पत्र बुझाएको उनले बताए ।

विगतमा पनि विभिन्न बाहानाहरुमा आफूहरूलाई गुम्रहामा राखेको उनीहरूले बताए । नगरपालिकाले बेलैमा समस्या समाधानको लागी पहल नगरे  सशक्त आन्दोलन गर्ने  र उक्त आन्दोलनका क्रममा आइपर्ने सम्पूर्ण मानवीय तथा भौतिक क्षतिको सम्पूर्ण जिम्मेवार नगर प्रमुख तथा नगरपालिका लिनुपर्ने सङ्घर्ष समितिका संयोजक सायरले बताए ।

भूमि आयोग आयोगले गत पुस २४ गते   देशभरका ६८ पालिकाका प्रमुख तथा अध्यक्षहरूसँग साझेदारीको कार्यसम्झौता गरेको थियो ।