रामचरणको ‘आचार्य’ फ्लप, वितरकले मागे ५० करोड क्षतिपूर्ति

शुक्रबार बैशाख २३, २०७९/ Friday 05-06-22
Paschim Today

सुपरस्टार रामचरण अभिनीत फिल्म ‘आरआरआर’ सुपरहिट सावित भएपनि बक्स अफिसमा रिलिज भएको उनको अर्काे फिल्म ‘आचार्य’ ले भने घुँडा टेक्ने देखिएको छ । शानदार ओपनिङ गरेको फिल्मले ६ दिनमा ५४. ७४ करोड कमाउन सफल भएको छ । फिल्म रामचरण, पूजा हेगडेसँगै चिरञ्जीवीको पनि मुख्य भूमिका छ ।

यो फिल्म रामचरण र चिरञ्जीवीकै करियरको सबैभन्दा फ्लप फिल्म साबित हुँदैछ । १४० करोडमा बनेको फिल्मले आफ्नो लगानी उठाउने छाटकाट देखाएको छैन । विशेषज्ञहरूले फिल्मको रिलिज ओटीटीमा गरेको भए राम्रो हुनसक्ने अनुमान गरेका छन् । अहिले पनि फिल्मलाई ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियो र डिजिटल अधिकारले राम्रो पैसा दिन तयार छ । समाचारका अनुसार फिल्म २७ मे २०२२ मा ओटीटीमा रिलिज हुँदैछ ।

फिल्म निर्माता कोराताला शिवाले लेखका हुन् । फ्लप भएको कारण खराब लेखन भन्दै उनी ट्रोल भइरहेका छन् । मिडिया रिपोर्टका अनुसार फिल्मले करिब ९० करोडको नोक्सानी व्यहोर्नु पर्ने देखिएको छ । जसका कारण वितरकले ५० करोडको क्षतिपूर्तिको माग गरेका छन् । ‘आचार्य’ रामचरण र चिरञ्जीवीको होम प्रोडक्सनमा निर्मित फिल्म हो ।