Close This

सडक सञ्जाल विस्तारलाई प्राथमिता दिने छु : उपाध्याय

शुक्रबार बैशाख २३, २०७९/ Friday 05-06-22
Paschim Today

नेकपा माओवादी केन्द्रका युवा नेता देवीदत्त उपाध्याय ‘हिमशिखर’ गठबन्धनको तर्फबाट मोहन्याल गाउँपालिका अध्यक्षको उम्मेदवार छन् । राजनीतिकर्मीका रुपमा मोहन्याल गाउँपालिकाको समग्र विकास र सामाजिक कार्यमा उनको सक्रियता रहँदै आएको छ ।

यसअघि वडाध्यक्षको हैसियतमा उनले आफ्नो वडाको विकासको नेतृत्वदायी भूमिका खेलेका छन् । गाउँपालिका अध्यक्षको उम्मेदवारका रुपमा उनले मोहन्यालको विकासका लागि अघि सारेका एजेण्डा, चुनावी अभियानलगायत विषयमा गरिएको कुराकानीको अंश :- 

तपाइको उम्मेदवारी के का लागि ?
म विगत लामो समयदेखि राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि काम गर्दै आएको छु । मोहन्यालको विकासमा सडक सञ्जाल विस्तार, खानेपानी, स्वास्थ्य शिक्षाजस्ता विकासका हरेक काममा मेरो सक्रियता रहँदै आएको छ । २०७४ को चुनावमा नेकपा माओवादी केन्द्रको तर्फबाट मोहन्याल गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित भएँ । मोहन्याल गाउँपालिका वडा नम्बर २ सडक सञ्जालसँग जोडिएको थिएन, विकासमा अत्यन्तै पछाडि परेको थियो । वडाध्यक्ष भएको पाँच वर्षको अवधिमा मैले वडाका बस्तीमा सडक पु¥याउने कामको अगुवाइ गरेँ । करिब ८० प्रतिशत घरधुरीमा खानेपानी पु¥यायौँ । स्रोत भएका ठाउँमा सिँचाइ सुविधा विस्तार ग¥यौँ । शिक्षा र स्वास्थ्यका पूर्वाधार विकासमा पनि मैले वडाध्यक्षको रुपमा अगुवाइ गरेँ । वडाको नेतृत्व गर्दा मैले जुन काम गरे, मोहन्याल गाउँपालिकाको अध्यक्ष भएर काम गर्ने अवसर पाएँ भने पछाडि परेको यो गाउँपालिकाको विकासमा मैले योगदान गर्नसक्छु भन्ने मलाइ लाग्छ । कैलाली जिल्लाको पहाडी क्षेत्र पर्ने मोहन्याल गाउँपालिका विकासका हिसाबले निकै पछाडि परेको छ । यो गाउँपालिका विकासको थुपै्र संभावना भएको गाउँपालिका हो । यहाँ पर्यटन विकासको थुपै्र संभावना छ । सडक, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यको समग्र विकासबाट मोहन्याल गाउँपालिकालाई विकासमा अग्रणी गाउँपालिका बनाउनका लागि मेरो उम्मेदवारी हो ।

तपाइ अध्यक्षमा निर्वाचित भएपछि के कामलाई प्राथमिकता दिनुहुन्छ ?
यसअघि एमालेबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यपालिकामा उहाँहरुको बहुमत थियो । यो पाँच वर्षमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गाउँपालिकाको प्रशासनिक भवन बनाउन सक्नु भएन । केन्द्रका बारेमा ठूलो विवाद भयो र त्यो टुङ्ग्याउन सक्नु भएन । मसहितको टीम निर्वाचित भएपछि हाम्रो पहिलो काम गाउँपालिका केन्द्रको विवाद समाधान गरेर गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नु हुनेछ । दोस्रो, मोहन्याल गाउँपालिकाका धेरैजसो बस्ती अहिले पनि सडक सञ्जालसँग जोडिएका छैनन् । सडक सञ्जाल विस्तार गर्ने कार्यलाई मैले उच्च प्राथमिकता दिनेछु । यसअघि म गाउँपालिकाको सामाजिक विकास समितिको नेतृत्वदायी भूमिकामा थिएँ र शिक्षा समितिको पनि सदस्य थिएँ । त्यही भएर शिक्षा र स्वास्थ्य क्षेत्रको केही अनुभव बटुल्ने अवसर पाएँ । हामी गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि हामीले गर्ने अर्को महत्वपूर्ण काम भनेको गुणस्तरीय शिक्षाको अभिवृद्धि, स्वास्थ्यको विकास हो ।

मोहन्याल गाउँपालिकामा पर्यटनकीय संभावना भएका थुप्रै क्षेत्रहरु छन् । ती अहिले पनि ओझेलमा छन् । पर्यटकीय संभावना भएका ठाउँहरुमा आवश्यक संरचना निर्माण गरेर, तिनको विकास गरेर हामी पर्यटन विकासलाई अगाडि बढाउने छौँ । पर्यटकीय विकासबाट मोहन्याल गाउँपालिकाको आयस्रोत बढाउन हाम्रो ध्यान केन्द्रीत रहनेछ ।मोहन्याल गाउँपालिकाको आन्तरिक आय न्यून छ । गाउँपालिकाको आन्तरिक राजस्व न्यून रुपमा उठीरहेको छ । संघीय सरकार र प्रदेश सरकारको अनुदानको भरमा मात्रै गाउँपालिका चलिरहेको छ । मोहन्याल गाउँपालिकालाई आत्मनिर्भर बनाउनका लागि आन्तरिक स्रोतहरु र आन्तरिक राजस्वको खोजी गरी आन्तरिक आय अभिवृद्धि गर्ने मेरो उद्देश्य रहने छ । हामी लाग्यौँ भने मोहन्याल गाउँपालिकाको विकास संभव छ भन्ने जनताले महसुस हुने गरी मैले काम गर्नेछु ।

तपाइले चुनाव जित्ने आधारहरु के हुन् ?
मैले जहाँ अवसर पाएँ, त्यहाँ मैले सफलतापूर्वक काम गरेँ । वडामा मैले गरेको काम यहाँ आदरणीय मतदाताले देख्नु भएकै छ । मैले जित्ने मुख्य आधार त्यो नै हो । दोस्रो आधार भनेको मेरो पार्टी हो । माओवादी केन्द्रको बलियो संगठन भएको गाउँपालिका हो यो । तेस्रो, हामी गठबन्धन गरेर चुनाव लड्दैछौँ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीको साझा उम्मेदवारको रुपमा म छु । त्यसैले हामी जित्नेमा कुनै आशंका छैन ।