Close This

सम्पूर्ण चिन्ता र जिज्ञासालाई मेटाउने गन्तव्य बन्दै दक्ष ईन्टरनेशनल स्कुल

शनिबार बैशाख २४, २०७९/ Saturday 05-07-22
Paschim Today

धनगढी,२४ वैशाख ।धनगढी उपमहानगरपालिका ५ तारानगरमामा अवस्थित दक्ष ईन्टरनेशनल स्कुलले स्थापनाकालको छोटो समयमानै अन्य स्कुल माँझ आफ्नो भिन्न पहिचान बनाउन सफल भएको छ ।

समाज परिवर्तन गर्नु भन्दा अगाडी शिक्षामा आमूल परिवर्तन आबश्कता बुझेर युवाहरू मिली विद्यालय सञ्चालनमा आएको सो विद्यालय सबैको मनमा बस्न सफल भएको छ ।शान्त तथा सुरक्षित वातावरणमा अध्ययन अध्यापन गराइने यस विद्यालयमा बेलायत र नेपालको पाठ्यक्रम संयोजन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको पढाइ हुने गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु हुँदा आफ्नो बालबालिकालाई कहाँ पढाउने, कस्तो ठाउँमा पढाउने भन्ने चिन्ता अभिभावकमा हुने गर्छ । अभिभावकका सम्पूर्ण चिन्ताको हटाउने दक्ष ईन्टरनेशनल स्कुल रहेको छ । शान्त वातावरण, अन्तर्राष्ट्रिय स्तरको पठनपाठन, उच्च सुरक्षा, पुस्तकालय रहेको यस स्कुलले किताबी ज्ञान मात्र नभई व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेर सञ्चालनमा रहेको छ ।

हाललाई कक्षा १ सम्म अध्यापन भइरहेतापनि आगामी दिनमा  अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाई सञ्चालन गर्ने लक्ष्य विद्यालयले लिएको छ । विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने सुसूचित एवं जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य लिएको स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाईका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराइरहेको विद्यालय सञ्चालक निर्मल सिंहले जानकारी दिए ।  स्कुलले विभिन्न अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गरी नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने अठोट लिएको छ ।

विद्यार्थीलाई पारम्परिक रटन्ते विधिबाट नभई नवीन प्रविधि तथा प्रणालीको प्रयोग गरी अध्यापन गराइरहेको सिंहको भनाइ छ । विद्यार्थीलाई किताब रट्ने भन्दा पनि किताबमा भएको ज्ञानलाई कसरी दैनिक जीवनमा लागू गर्ने र दैनिक जीवनमा आइपर्ने समस्याहरूसँग जुध्नको लागि विद्यार्थीलाई कसरी तयार गर्ने भन्ने तर्फ स्कुलले मुख्य रुपमा ध्यान दिएको उनको भनाई छ ।

‘विद्यार्थीको सृजनशीलता, विश्लेषणात्मक क्षमता तथा बौद्धिक विकासलाई यस स्कुलले प्राथमिकतामा राखेको छ,’सिंहले भने, ‘विद्यार्थीमा असङ्ख्य ज्ञान हुन्छ । हामीले विद्यार्थीहरूमा भएको ज्ञान र किताबमा भएको ज्ञानलाई एकसाथ ल्याउने कोसिस गर्छौँ । जसले गर्दा विद्यार्थीमा कौतुहलता, प्रश्न सोध्ने बानी तथा आफैँ नयाँ कुराको खोजी गर्ने क्षमता विकास हुन्छ ।’

संसार सूचना तथा सञ्चार प्रविधि आइसिटी तर्फ अघि बढ्दै गर्दा विद्यार्थीलाई आइसिटी सम्बन्धी ज्ञान दिन र प्रविधिमा पोख्त बनाउन हरेक कक्षा कोठामा प्रोजेक्टर र इन्टरनेटको सुविधा रहेको छ ।

सिंहका अनुसार, अन्तरक्रिया गर्न सक्ने, क्रिटिकल थिङ्किङ गर्ने, विश्लेषण गर्न सक्ने, बच्चाहरूलाई सानैबाट टिमवर्कमा काम गर्न सक्ने, आत्मविश्वासी बनाउने गरी स्कुलले आफ्नै पाठ्यक्रम पनि तयार गर्दैछ ।

धेरै बालबालिका जम्मा गर्ने भन्दा पनि सीमित विद्यार्थीलाई उच्च गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ यस स्कुल अग्रसर भएको छ । यस स्कुलमा शैक्षिक रुपमा योग्य र अध्यापनको क्षेत्रमा लामो समयसम्म काम गर्दै आएका शिक्षक शिक्षिकाले अध्यापन गराउने गरेका छन् । शैक्षिक योग्यता र अनुभव मात्र नहेरी शिक्षक शिक्षिकाको नियुक्तिमा उनीहरूको अध्यापन प्रतिको लगाव, बालबालिका प्रतिको मायालाई पनि ध्यानमा राख्ने गरेको सञ्चालक सिंहको भनाई छ ।

अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमा रहेर पढाउन नेपालका शिक्षकलाई गाह्रो पर्ने भएकाले स्कुलले तालीमको व्यवस्था गर्ने गरेको छ । नेपालमा रहेका अनुभवी प्राध्यापकबाट शिक्षकलाई तालिम दिने गरिन्छ । सञ्चालक आफैँ तमिल्कर्त भएको र आबश्कता अनुसार विभिन्न मध्यम बाट अन्य तालिमकर्ताको व्यवस्था विद्यालयले गर्ने गरेको छ ।

यस स्कुलको क्यान्टिनमा पाइने सबै खाना पोषणविद्सँग परामर्श गरी डिजाइन गरिएको छ । यस क्यान्टिनमा प्रयोग हुने तरकारीहरू विषादी रहित रहेको र प्रयोग हुने तेल सिधै मिलबाट ल्याउने गरेको व्यवस्थापनको दाबी छ । स्कुलको क्यान्टिनमा पाइने खाना अति नै स्वादिष्ट र पोषणयुक्त हुने हुँदा कतिपय विद्यार्थीहरूले घरमा पनि त्यस्तै खाना बनाउन आग्रह गर्ने गरेको विद्यालय व्यवस्थापनको भनाई छ।

स्वस्थ खानाले स्वस्थ जनशक्ति उत्पादन गर्न सक्छ । त्यसैले विद्यार्थीको पढाइ मात्रै नभई मानसिक अवस्था र स्वास्थ्यको समेत ख्याल गर्ने गरेको विद्यालय व्यवस्थापनले जनाएको छ । 

यसका अतिरिक्त विद्यार्थीको मानसिक स्वास्थ्यको बारेमा ख्याल गर्दै काउन्सिलर र नर्सको समेत व्यवस्था गरिएको छ । एक विद्यार्थीलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा सहित अभिभावकहरूको सम्पूर्ण चिन्ता र जिज्ञासालाई मेटाउने गन्तव्य दक्ष ईन्टरनेशनल स्कुल बनेको छ ।  

प्राकृतिक कुराहरूबारे पढ्दा प्रत्यक्ष अनुभूति गराउन विद्यालयमा बगैँचा, जन्म दिन को अवसरमा वृक्षारोपण गर्ने,आफूले रोपेको वृक्षाको स्याहार सुसार गर्ने जस्ता बानीको विकास ले स्थापना को छोटो समयमा नै विद्यालयले अभिभावकको  मन जित्न सफल भएको छ ।